जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भोजपुर ।दश वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसाद राई गाउँपालिका(६ बस्ने १७ वर्षीय किशोरलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित आरीखोला र मखुवाखोलाको दोभानदेखि करिब २० मिटर टाढा बनमारा घारीमा लगेर ती बालिकालाई मङ्गलवार दिउँसो ती किशोरले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्