श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् पक्राउ

बारा । बाराको बजनीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.३ बजनी छिमेकी टोल बस्ने वर्ष ५६ को हरि बहादुर कार्की रहेका छन् । उनले आफ्नो श्रीमती वर्ष ४५ की पार्वती कार्कीलाई घरको माथिल्लो तल्लामा इँटाले टाउकोमा प्रहार गरी हत्या गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाको वडा न.२ सिमरामा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको हो । उनले यही वैशाख ९ गते राती ९ बजे आफ्नो श्रीमतीको हत्या गरी फरार भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्