पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निघन भएकाे छ । बरालकाे ९३ वर्षको उमेरमा काठमाडाैंमा निधन भएको हाे ।
उहाँको बुधबार बिहान घरमै निधन भएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ । उहाँकाे दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएकाे छ ।
बरालले विसं. २०२९ देखि २०३५ सम्म पाँच वर्ष प्रहरी महानिरीक्षककाे कार्यकाल बिताउनुभएकाे थियाे ।








प्रतिक्रिया राख्नुहोस्