लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर फेरी गयो ५.३ म्याग्निच्युडकाे भूकम्प

लमजुङ। लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रबिन्दु बनाएर फेरी अर्को भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८:२६ बजे लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.३ म्याग्निच्युड भएको केन्द्रले जनाएको छ ।
आजै बिहान खुदी भुलभुलेलाई नै केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
बिहान ५: ४२ मा गएको उक्त भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्