रुपन्देहीमा ११ जनाको मृत्यु, ३ सय ७७ नयाँ सङ्क्रमित
पछिल्लो २४ घण्टामा ३ सय ७७ जना नयाँ कोरोना सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा ८३ जना महिला, ८१ जना पुरुष संक्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा ८ जना महिला र २० जना पुरुष नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।
हालसम्म रुपन्देही जिल्लामा १६ हजार २ सय ६५ जना निको भई घर फर्केका छन् भने कुल मृत्यु हुनेको सङ्ख्या ३ सय ६२ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ६ सय २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा रहेको छ ।









प्रतिक्रिया राख्नुहोस्