सङ्क्रमितको मनोभाव बढाउँदै जनप्रतिनिधि

तनहुँ । कोभिड–१९ बाट संक्रमति भएकाहरू अहिले अधिकांश घरमा नै आराम गरेर बसिरहेका छन् ।
घरमा नै बस्दा छिमेकीहरूको समेत सहयोग नपाएका तनहुँको शुक्लागण्डकी नगरपालिका– ८ का सङ्क्रमितहरूलाई जनप्रतिनिधिहरू नै सहयोगसहित घर घरमा पुगेर भेट्न थालेका छन् ।
सङ्क्रमितहरूको हौसला बढाउन भन्दै वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले आवश्यक स्वास्थ्य सामाग्री, पौष्टिक आहार र औषधिसहित सङ्क्रमितलाई भेट्न थाल्नुभएको हो ।
उहाँले सङ्क्रमितलाई भेट्न जाँदा अन्य जनप्रतिनिधि टोलका प्रतिनिधि र स्वास्थ्यकर्मीलाई समेत उपस्थित गराउने गर्नुभएको छ ।
रेग्मीले यसरी भेट गर्दा होम आइसोलेसन र सङ्क्रमितको अवस्थाका विषयमा जानकारी लिन सकिने भएकाले अभियान सफल हुन थालेको बताउनुभयो ।
उहाँले उच्च सतर्कता अपनाएरै पनि सोमबार १० संक्रमित वडावासीलाई भेट्न पुगेको जनाउनुभयो । भेटका क्रममा सङ्क्रमितहरूले अन्य छिमेकका व्यक्तिहरूलाई अपराध गरे सरह हेयको दृष्टिले हेर्ने गुनासो सुनाएको भन्दै दुख व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्