पिसीआर प्रयोगशाला सञ्चालनका लागि ५ लाख सहयोग
अछाम । अछामको मङ्गलसेन नगरपालिकाले जिल्लाको कमलबजार पिसिआर प्रयोगशालालाई थप ५ लाख सहयोग गरेको छ । नगरपालिकाले ५ लाख रुपैयाँको चेक आज कमलबजार पिसिआर प्रयोगशालालाई हस्तान्तरण गरेको हो ।जिल्लामा एक मात्र पिसिआर प्रयोगशालाको नियमित सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले थप पाँच लाख सहयोग गरेका छौँ, नगर प्रमुख पदम बहादुर बोहराले भन्नुभयो । जिल्लामा कोरोना परीक्षणका लागि कमलबजार पिसिआर प्रयोगशाला मात्रै रहेकाले उक्त प्रयोगशालालाई नियमित सञ्चालनका लागि सहयोग गरिएको नगर प्रमुख बोहराको भनाई छ ।
मङ्गलसेन नगरपालिकाले यसअघि समेत प्रयोगशालाका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । विगत २ दिनदेखि प्रयोगशालाको सेन्ट्रिफ्युज मेसिनमा समस्या आई मर्मतका लागि काठमाण्डौं पठाइएको छ । मेसिनमा समस्या आए पछि अछाममा २ दिनदेखि आरटी-पीसीआर परिक्षण स्थगित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्