सप्तरीमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु
सप्तरी। सप्तरीमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको अग्रीसाइर कृष्णासवरण गाउँपालिका १ का ४० वर्षीय पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै सोही अस्पतालमा राजविराज नगरपालिका ८ का ६४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको अस्पतालमै उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६३ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्