कोरोना सङ्क्रमणका कारण पत्रकार शाहीको मृत्यु
बाँके । कोरोना सङ्क्रमणका कारण बाँकेमा एक जना पत्रकारको मृत्यु भएको छ । कोरोना संक्रमण भई उपचाररत रहनुभएका अवधि पत्रकार सङ्घ जिल्ला शाखा बाँकेका सहसचिव रइस शाहीको शनिबार मृत्यु भएको हो ।लामो समयदेखि सञ्चार संस्थामा आबद्ध रहनुभएका शाहीको शनिबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय शाहीलाई वैशाख १८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य समेत रहनुभएका शाहीको ९ वर्षीया छोरी र ४ वर्षको एक छोरा छन् । सङ्घ बाँकेका शाखा र केन्द्रीय शाखाले शाहीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । बाँकेका शाखा अध्यक्ष चन्द्रेश्वर त्रिपाठी र केन्द्रीय अध्यक्ष राकेश मिश्राले एक योद्धा गुमाएको साथै शाहको निधनको खबरले सङ्घ स्तब्ध भएको विज्ञप्ति मार्फत बताउनुभएको छ ।
यसैबिच पत्रकार महासङ्घ बाँकेले पनि साहीको मृत्युप्रति गहिरो समवेदना प्रकट गरेको छ । महासङ्घ सचिव कमल डाँगीद्वारा जारी शोक वक्तव्यमा पत्रकार साईको निधनप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
यस्तै गरी नेपाल मुस्लिम पत्रकार क्लबले पनि शाहीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्