सेनाको जहाजबाट १ सय २० सिलिन्डर अक्सिजन रुपन्देहीमा
विराटनगरबाट अत्यावश्यक रुपमा मानिसको ज्यान बचाउने उद्देश्यका साथ आएका ६० अक्सिजन ग्याँसका सिलिन्डरहरू बुटवलको धागो कारखानामा जाने बुटवल उप महानगर पालिकाका नगर प्रमुख शिवराज सुबेदीले बताउनुभयो । प्रमुख सुबेदीले पहिलो चरणमा बुटवल धागो कारखानामा जाने र आजै आउने ६० सिलिन्डरहरू प्रादेशिक अस्पताल र भीम अस्पतालमा जाने उहाँले बताउनुभयो ।
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले नागरिकको जिउ धनको क्षति नहोस् भनेर राज्यले आफ्नो दायित्व पुरा गरेको बताउनुभयो । आवश्यक मात्रामा रिफिल गरिएका सिलिन्डरहरू जहाजबाट २ पटक रुपन्देहीमा १ सय २० वटा अक्सिजन सिलिन्डर आउने र खालि सिलिन्डर पठाउने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्