तनहुँमा जेठ १५ सम्म लम्बियो निषेधाज्ञा
तनहुँ । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम कायम रहेको भन्दै तनहुँमा थप १५ दिन निषेधाज्ञा थप गरिएको छ ।शुक्रवार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई जेठ १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख २२ गते १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा गरिएको थियो । पहिलो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमण फैलावट कम गर्न सहयोग गरेको निष्कर्षसहित तनहुँमा थप १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो ।
आजैदेखि थप कडाइ गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्