बाँकेमा थप ३ सय २३ जना कोरोना निको भई डिस्चार्ज
नेपालगन्ज । बाँकेमा आज ३ सय २३ जना कोरोना सङ्क्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार १ सय ७५ पुरुष र १ सय ४८ महिला डिस्चार्ज भएका हुन् । यो सँगै बाँकेमा ११ हजार १ सय ७२ जना निको भई डिस्चार्ज भएका छन् ।
बिहिबार ६ सय २१ जना कोरोनालाई परास्त गरी डिस्चार्ज भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्