प्रधानमन्त्रीद्वारा इद–उल–फित्रको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम समुदायको पवित्र पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री ओलीले रमदानको रोजा पूरा गरी ईदुल फित्र मनाइरहनु भएका इस्लामिक समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको हो ।
सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको भन्दै यस्ता विशेषताहरू यहाँ मौलिक पूँजीको रुपमा रहेका बताउनुभयो । सन्देशमा प्रधानमन्त्री ओलीले एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
मुलुक विश्वव्यापी सङ्कटका रुपमा कोभिड-१९ भाइरसको महामारी सामना गरिरहेका भन्दै प्रधानमन्त्री ओलीले विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित तवरले चाडपर्व मनाउन आह्वान गर्नुभएको छ ।









प्रतिक्रिया राख्नुहोस्