बीरगंजमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि
बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप ९४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
१ सय ७२ जनाको पिसीआर तथा एन्टिजेन परीक्षणको क्रममा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा ६४ जना पुरुष र ३० जना महिला रहेका छन् ।
संक्रमित मध्ये ६९ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका १८ जना, रौतहटका ६ जना, सर्लाहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह ८ वर्षदेखि ८२ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ दशमलव ७ देखी ३३ दशमलव ६ सम्म रहेको संयोजक डा.दासले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्