प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता सुरु

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ।
काठमाडौँको बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो । अध्यक्ष ओलीले आज बिहान नेता नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गर्नुभएको थियो ।
नेकपा एमालेको स्थायी कमिटीको आज बसेको बैठकले नेताहरू माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई यसअघि गरिएको छ महिना निलम्बनको कारबाही फुकुवा गरेको थियो ।
यी चार नेतामाथिको कारबाही फिर्तापछि एमाले अध्यक्ष ओलीले नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल थाल्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्