इजरायल र प्यालेस्टाइन बीच बढ्दो तनाव प्रति नेपाल सरकारद्वारा चिन्ता व्यक्त

काठमाडौं। इजरायल र प्यालेस्टाइन बीच बढ्दो तनाव प्रति नेपाल सरकारले चिन्ता व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले बुधबार जारी एक ट्विट मार्फत दुवै पक्षलाई शान्तिपूर्ण रुपमा समस्याको समाधान गरी थप जनधनको क्षति रोक्न अपिल गरेको छ ।
इजरायली सेना र हमासको बीच सोमबार देखी गाजा पट्टीमा हिंसा सुरु भए यता कम्तीमा ६५ प्यालेस्टाइनी र सात इजरायलीको मृत्यु भइसकेको छ ।









प्रतिक्रिया राख्नुहोस्