सुन तोलामा ३ सयले गिरावट
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो ।
महासंघका अनुसार आज बुधार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय तोकिएको छ ।त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । मगंलबार १३४५ रहेको चादी बुधबार पनि सोही मुल्यमा कारोबार भएको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्