सुनको मुल्य लगातार वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजार कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ रहेको छ ।यता चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा सामान्य गिरावट आएको महासंघले जनाएको छ ।
महासंघका अनुसार गत सोमबार प्रति तोला एक हजार ३६० रुपैयाँ पुगेको चाँदीको मूल्य मंगलबार प्रति तोला एक हजार ३४५ रुपैयाँमा झरेको हो ।








प्रतिक्रिया राख्नुहोस्