पत्रकारलाई राहत प्रदान गरिने
सिन्धुपाल्चोक । नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकले कोभिड– १९ पत्रकार राहत कोष स्थापना गरेको छ ।
कोरोनाको मारमा परेका पत्रकारलाई राहत दिइने उद्देश्यले कोभिड– १९ पत्रकार राहत कोष स्थापना गरिएको हो ।
कोभिड– १९ सङ्क्रमणमा परेका शाखाका सदस्यलाई सहयता गर्ने उद्देश्यले सो कोष स्थापना गरिएको जिल्ला शाखाका अध्यक्ष जीवन श्रेष्ठले जनाकारी दिनुभयो ।
उहाँका अनुसार सो कोष नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकले नै सञ्चालन गर्नेछ ।
सो कोषबाट जिल्ला शाखाका सदस्य तथा जिल्लामा क्रियाशील पत्रकारहरू कोरोना सङ्क्रमणमा परेमा आर्थिक सहायता दिइने छ ।
‘कोषमा हालसम्म एक लाख रुपैयाँ सङ्कलन भइसकेको छ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘हामी सबैलाई सो कोषमा आर्थिक सहयोग गर्न समेत सबै सहृदयी महानुभावहरूलाई आह्वान गर्दछौँ ।’
कोषमा प्राप्त रकमको आधारमा कार्यविधि बनाएर पीडित पत्रकारहरूलाई आर्थिक सहयोग गरिनेछ । यस सहयोगबाट पीडामा परेका पत्रकारलाई केही मात्रामा भए पनि राहत पुग्ने महासङ्घले विश्वास लिएको छ ।
सिन्धुपाल्चोकमा कोभिड– १९ को दोस्रो लहरमा एक जना पत्रकार सङ्क्रमित भइसकेको छन् । पहिलो चरणमा पनि दर्जनभन्दा बढी पत्रकारलाई कोभिड सङ्क्रमण भएको थियो ।
कोषमा सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकको मेगा बैङ्क लिमिटेड चौतारा शाखाको खाता न. ०१४००६०००३७२२ मा रकम जम्मा गर्न सकिने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्