कञ्चनपुरमा १ सय ५७ जनाले कोरोना जितेर घर फर्किए
कञ्चनपुर।कञ्चनपुरमा कोरोना जितेर घर फर्किनेको सङ्ख्यामा वृद्धि भइरहेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार आइतबार थप १ सय ५७ जनाले कोरोना जितेर घर फर्किएका छन्। आइतबार संक्रमण मुक्त भएका सहित अहिले सम्म २ हजार २ सय ३९ जनाले कोरोना जितेको जनाएको छ।
त्यसै गरी कञ्चनपुरमा हाल सम्म ६६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्