बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत गुलरिया नगरपालिका ७ बर्दियाकी ४६ वर्षीया महिला, नेपालगन्ज १९ बाँकेका ५१ वर्षीया पुरुष र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत बाँसगढी ८ बर्दियाका ६८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो संगै कोरोनाबाट बाँकेका १८८ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १४१ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्