बीरगंजमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु
बीरगंज । बीरगन्जमा आज थप १ जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
बीरगंजस्थित नारायणी अस्पतालमा उपचारार्थ भर्ना भएकी बीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी ७२ बर्षीया महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पताल बीरगंजका कोभिड संयोजक डा.सरोज रोशन दासले बताउनुभयो ।
गत वैशाख २२ गते कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकी महिलालाई वैशाख २२ गते उपचारका लागि नारायणी अस्पताल भर्ना भएकोमा उपचारको क्रममा कडा खालको निमोनियाको कारण आज बिहान मृत्यु भएको डा.दासले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्