कोरोना भाइरसको सङ्क्रमणका कारण वडा अध्यक्षको निधन
बाजुरा । कोरोना भाइरसको सङ्क्रमणका कारण बाजुराको बडिमालिका नगरपालिका वडा न ९ मार्तडीका वडा अध्यक्ष विनोद कुमार बिकको निधन भएको छ ।
अध्यक्ष बिकलाई कोरोना सङ्क्रमण पुष्टि भएको र जिल्लामा उपचार सम्भव नभएपछि डडेलधुरा रिफर गरिएको थियो। उहाँको डडेलधुरा लैजाँदै गर्दा बाटोमा नै निधन भएको स्थानीय सन्तोष विकले बताउनु भएको छ।
वडा अध्यक्ष बिकको शव मार्तडी फर्काइसकिएको र उहाँको आजै अन्तिम संस्कार गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
३७ वर्षीय वडा अध्यक्ष बिक गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्