बाँकेमा शनिबार ४०९ जना सङ्क्रमणमुक्त
बाँके । कोरोना भाइरस सङ्क्रमणबाट निको भएर बाँकेमा दिन प्रतिदिन सयौँ बिरामीहरू डिस्चार्ज हुन थालेका छन् । संक्रमित सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बाँकेमा संक्रमण मुक्त हुनेहरूको सङ्ख्या पनि बढ्दै गएको हो ।जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार शनिबार पनि जिल्लामा ठूलो सङ्ख्यामा कोभिड संक्रमण जितेर डिस्चार्ज भएका छन् ।
जिल्लाका विभिन्न संस्थागत आइसोलेसन र होम आइसोलेसनमा रहेका १७८ महिला र २३१ जना पुरुष गरी ४०९ जना आज डिस्चार्ज हुनुभएको छ । संक्रमण नियन्त्रणमा नआउँदा जिल्ला अहिले लकडाउनमा छ । संक्रमण पुष्टि भएकाहरू अधिकांश होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
चिकित्सकहरूले घरमै स्वास्थ्य लाभ गरिरहेका सङ्क्रमितहरूलाई विशेष ख्याल गर्न आग्रह गर्नुभएको छ । अक्सिजन लेभल पटक पटक जाँच्न, सरसफाइमा ध्यान दिन, झोलिलो खानेकुरा खान उपचारमा संलग्न चिकित्सकहरूले आग्रह गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्