तनहुँमा थपिए २२ जना कोरोना सङ्क्रमित
तनहुँ । तनहुँमा नयाँ २२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
जिल्लाको भानु नगरपालिकामा १ जना, शुक्लागण्डकी नगरपालिकामा १ जना, म्याग्दे गाउँपालिकामा ३ जना, व्यास नगरपालिकामा २ जना र भिमाद नगरपालिकामा १५ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
भानु–१ का ३५ वर्षीय पुरुष, शुक्लागण्डकी–४ का ५० वर्षीय पुरुष, म्याग्दे–२ का ३०, ३०, ६३ वर्षीय पुरुष, व्यास–१ की ६० वर्षिया महिला र व्यास–५ का २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको हो ।
त्यस्तै भिमाद–४ की ३२ वर्षिया महिला, भिमाद–६ की ३३, ३६, २०, ३६, ६२, ३२ १७, ३९, २८ वर्षिया महिला र ४१, ४, ६२, १७, १२ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
योसँगै तनहुँमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ७० पुगेको छ । त्यस्तै मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्