तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा निषेधाज्ञा जेठ ४ सम्म थप

पाल्पा । पाल्पामा निषेधाज्ञा जेठ ४ गते सम्म थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले पाल्पामा जारी निषेधाज्ञालाई आगामी जेठ ४ गते राती १२ बजेसम्म लम्बाउने निर्णय गरेको छ ।
समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button