भेरीमा ५५ र ३७ वर्षका २ सङ्क्रमितको मृत्यु

बाँके । कोरोना भाइरस सङ्क्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिकाका महिला र पुरुषको भाइरस सङ्क्रमणबाट मृत्यु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका–८ की ५५ वर्षीया महिलालाई २१ गते संक्रमण पुष्टि भएको थियो । उनले नेपालगन्ज मेडिकल कलेजमा पीसीआर परीक्षण गराएकी थिइन् । उनी २२ गते भेरीमा भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा मध्यान्ह १२ बजे मृत्यु भएको हो ।
यस्तै बैजनाथ गाउँपालिका–८ का ३७ वर्षीय पुरुषको पनि भेरीमै मृत्यु भएको छ । ती पुरुषलाई गएको ८ गते भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । तर अक्सिजन लेभल घट्दै गएपछि उनी १७ गते अस्पताल भर्ना भए । उपचारकै क्रममा आज बिहान १०ः३० बजे उनको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट १६० जनाले ज्यान गुमाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्