तनहुँको मधुवनमा ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु, दुई जना घाइते
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेका छन् । ट्याक्टरमा सवार बोटेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना६त ४२०७ नंको ट्याक्टर भित्री सडकमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त दुर्घटनामा परी सोही वडा निवासी १२ वर्षीय तिलक श्रेष्ठ र १८ वर्षीय सुन्दर श्रेष्ठ घाइते भएका छन् ।
घाइते दुवै जनाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्