तपाईँ सुन्दै हुनुहुन्छः

सर्किजल मास्क ५ रुपैयाँभन्दा बढीमा नबेच्न निर्देशन

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले सर्किजल मास्क ५ रुपैयाँभन्दा बढी मूल्यमा नबेच्न निर्देशन दिएको छ ।

इटहरी उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा २ देखि तीन रुपैयाँमा खरिद मूल्य रहेको मास्क ५ रुपियाँभन्दा बढी मूल्यमा नबेच्न निर्देशन दिएका हो ।

जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी, प्रहरी र सञ्चारकर्मी सहितको टोलीले अनुगमन गर्दा २ देखि तीन रुपैयाँमा खरिद मूल्य रहेको मास्क १० रुपैयाँमा बेच्ने गरेको पाइएको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नवीन भट्टराईले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा ९० रुपियाँ खरिद मूल्य रहेको स्यानिटाइजर १ सय ६५ रुपैयाँमा बेचेको पाइएको छ ।

अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले २ रुपियाँ खरिद मूल्य परेको मास्क १० रुपियाँमा बेच्न नमिल्ने बताउनुभयो ।

न्यौपानेले मास्क र स्यानिटाइजरमा बढी मुनाफा राखेको पाइएकाले यसलाई नियन्त्रण गर्न उपमहानगर, जिल्ला प्रशासन र राजश्व कार्यालयको बैठक बसेर तीन दिन भित्रमा रिजल्ट आउने गरी एक्सन लिइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button