लागु औषधसहित चार जना पक्राउ
बाँके । नेपाल भारत सीमा नाकाबाट बाँके प्रहरीले लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका १५ बाट भारत बहराइच निवासी १८ वर्षीय सनि निसार र सोही स्थानका १८ वर्षकै नौसाद तेली पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ११ ग्राम ब्राउन सुगर फेला परेको जमुनाह इन्चार्ज बिष्णु गिरीले बताउनुभयो ।
यस्तै भारतबाट नेपालतर्फ आउँदै गरेका तुलसीपुर नगरपालिका–८ दाङका ३५ वर्षीय दिपक वली र ३४ वर्षीय पदम शाही पक्राउ परेका छन् ।
उनीहरुकोे साथबाट ७ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई लागु औषध ब्युरोले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्