तनहुँमा थपिए २० जना कोरोना सङ्क्रमित
तनहुँ । तनहुँमा २० जना कोरोना सङ्क्रमित थपिएका छन् ।
जिल्लाको व्यास नगरपालिकामा १८ जना, शुक्लागण्डकी नगरपालिकामा १ जना र म्याग्दे गाउँपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास–८ की १६, ३१, २६, २०, २६, ३१, ३६ र २८ वर्षीया महिला, व्यास–१० का २६, ३६, ३३, ३८, ३६, ७३, ६१, २७, ६० र २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै शुक्लागण्डकी–५ का ४४ वर्षीय पुरुष र म्याग्दे गाउँपालिकाको वडा नखुलेको २१ वर्षिया महिलामा समेत संक्रमण भएको निर्देशनालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्