अक्सिजन सिलिण्डर फिर्ता गरी नागरिकको ज्यान बचाउन उद्योगीलाई सरकारको अनुरोध

काठमाडौँ।कोभिड १९ सङ्क्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन सिलिण्डरहरु सरकारको निर्णय विपरीत अझै पनि उद्योगधन्दाहरूमा प्रयोग भइरहेकाले तत्काल अस्पतालमा फिर्ता गर्न सरकारले अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा धेरै ठुलो मात्रामा सिलिण्डरहरु खाली रहने गरेको वा भरेर भण्डारण गरेर राख्ने गरेको पाइएकाले उद्योगी व्यवसायी, सरोकारवालाहरूलाई अक्सिजन सिलिण्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न अनुरोध गरेको हो ।मन्त्रालयका सह प्रवक्ता समिर अधिकारीले आज एक सूचना जारी गर्दै धेरै नेपाली नागरिकहरूको ज्यान बचाउने उपायका लागि अक्सिजनका सिलिण्डरहरु भरी अस्पतालहरूमा उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।
यो निर्णयको उलङ्घन गरेको पाइएमा सरकारले संक्रमक रोग ऐन, २०२० को आधारमा अनुगमन गरी कारबाही गर्ने जनाएको छ ।
यसै गरी मन्त्रालयले अस्पतालहरूमा अक्सिजनको न्यायोचित ढङ्गले उपलब्ध गराउने व्यवस्था गरिदिन स्थानीय प्रशासनहरूलाई समेत आग्रह गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्