बझाङका एक जना कोरोना सङ्क्रमितलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

बझाङ । बझाङका एक जना कोरोना सङ्क्रमितलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
जिल्ला अस्पताल बझाङमा उपचाररत जयपृथ्वी नगरपालिका ९ का ३१ वर्षीय एक पुरुषलाई हेलिकप्टरमार्फत काठमाडौँ रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताउनुभयो ।
सङ्क्रमित पुरुषमा एक हप्ताअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबारदेखि जिल्ला अस्पतालमा उपचाररत थिए ।
बुधवार रातिदेखि छाती र श्वास प्रश्वासमा समस्या देखिएपछि अवस्था जटिल बन्दै गएको थियो । अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको जोशीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्