तपाईँ सुन्दै हुनुहुन्छः

कैद र जरिवाना फैसला भएर फरार रहेका प्रतिवादी पक्राउ

सप्तरी।सप्तरी प्रहरीले कैद जरिवाना भई फरार रहेका सप्तरीको बिष्णुपुर गाउँपालिका–६ का ३५ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

कुटपिट अङ्गभङ्ग तथा रहजनी चोरी समेत मुद्दाको फैसला कार्यान्वयनको क्रममा दिपक रामलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी माधवप्रसाद काफ्लेका अनुसार उनीमाथि अदालतले २ बर्ष कैद र १ लाख १ सय रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

सप्तरी जिल्ला अदालतबाट जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले २०७५ माघ १७ गते उक्त फैसला गरेको थियो ।
राजविराज नगरपालिका–१२ बिषहरिया बस्ने ४० वर्षीय अशोककुमार यादवले प्रहरीमा दिएको उजुरी सप्तरी जिल्ला अदालतमा ०७२ पुस ६ गते दायर भएको थियो ।प्रहरी टोलीले रामलाई गाउँघरबाट पक्राउ गरी सप्तरी जिल्ला अदालतमार्फत सजाय भुक्तानका लागि राजविराज कारागार पठाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button