पर्वतमा थप एक कोरोना सङ्क्रमितको मृत्यु
पर्वत ।कोरोना सङ्क्रमणबाट पर्वतमा आज थप एक जनाको मृत्यु भएको छ ।
जिल्लाको जलजला गाउँपालिका वडा न ३ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोनाका लक्षण देखिए पनि उहाँले कोरोना परिक्षण गर्न मान्नुभएको थिएन ।
मृत्यु पछि परिक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमले जानकारी दिनुभयो ।
योसँगै पर्वतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । पर्वतमा लगातार तीन दिन सम्म कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्