तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १० जनाको कोरोना संक्रमितको मृत्यु 

नेपालगन्ज  । बाँकेमा  थप १० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज-१२ का ४५ वर्षीय पुरुष,  नेपालगन्ज-१० की ७८ वर्षीया महिला, नेपालगन्ज-१ का ५८ वर्षीय पुरुष,  नेपालगन्ज -१० का २७ वर्षीय पुरुष,  भेरी नगरपालिका-४ जाजरकोटकी ४३ वर्षीया महिला,  नेपालगन्ज- ४ का ५५ वर्षीय पुरुष, नेपालगन्ज-१० का ७८ वर्षीय पुरुष, नेपालगन्ज-१९ का ७७ वर्षीय पुरुष र नरैनापुर-१ बाँकेका ५६ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर- ५ बाँकेका ३२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

योसँगै कोरोनाबाट बाँकेका १ सय ५७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १ सय २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button