तपाईँ सुन्दै हुनुहुन्छः

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं  । आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा वर्षा भएको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा गण्डकी प्रदेश, प्रदेश नम्बर १ का केही स्थानहरुमा साथै बाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित वर्षा भइरहेको उल्लेख छ ।

आज दिउँसो गण्डकी र प्रदेश १ मा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी र प्रदेश नम्बर १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button