रुपन्देहीमा १३ जनाको मृत्यु, ५ सय ८७ नयाँ सङ्क्रमित
भैरहवा । रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ५ सय ८७ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।
रुपन्देही जिल्लामा २४ घण्टामा ७ सय ९७ जना नयाँ कोरोना सङ्क्रमित थपिँदा १३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा १ सय ५ जना महिला, १ सय ५० जना पुरुष सङ्क्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा ३२ जना महिला र ३५ जना पुरुष नयाँ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।
हालसम्म रुपन्देही जिल्लामा १५ हजार ३ सय ५३ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये १० हजार १ सय ६५ जना निको भएका छन् भने कुल मृत्यु हुनेको सङ्ख्या २ सय ३३ जना र सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९ सय ५५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्