बाजुरामा वैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा जारी
बाजुरा । बाजुरामा दिन प्रतिदिन फैलिँदै गएको कोरोना भाईरस महामारीका कारण जोखिम बढ्दै गएपछि कोभिड १९ सङ्कट व्यवस्थापन समितिको निर्णय अनुसार बुधवार बिहान (आज) देखी निषेधाज्ञा जारी गरिएको छ ।वैशाख २२ गते बिहान ५ बजेदेखि लागु हुने गरी ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनुभयो ।
सर्वसाधारण सबैले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, एम्बुलेन्स बिरामी तथा कुरुवा लगायत ३ जना मात्र एम्बुलेन्समा जान पाउने, खाद्य सामग्री तथा पशुपन्छीको दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधानहरु चिकित्सकहरूले आउने जाने सवारी साधन अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधानहरु बाहेकका बाजुरा जिल्ला भित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधानहरु सञ्चालन गर्न नपाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्