गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना पोजेटिभ देखिएको छ ।
कोरोना संक्रमण पुष्टि भएका मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बस्नुभएको छ । मुख्यमन्त्री गुरुङलाई मङ्गलवार गराएको एन्टिजेन परीक्षण पनि पोजेटिभ देखिएको थियो ।
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कनट्र्याक्ट ट्रेसिङमा परेपछि ३ दिनदेखि होम आइसोलेसनमा हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्