तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञा उल्लङ्घन गर्दै ‘स्नोकर’ खेल्नेहरू पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । प्रहरीले आज दिउँसो वीरेन्द्रनगर नगरपालिका–६, बसपार्क स्थित स्नोकर हाउसबाट स्नोकर खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका माथि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा घनश्याम केसी, आकाश देवकोटा, वीरेन्द्र शाही, राज घर्ती मगर, विनय बुढा, आकाश प्याकुरेल, र कबिर खानलाई रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button