तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीबाट परामर्श

file photo
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशीघ्र नेपाल ल्याउने विषयमा परामर्श गर्नुभएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, मुख्यसचिव डा. शंकरदास वैरागी सहितको बैठक बोलाउनुभएको हो । बैठकमा तत्कालै नेपालमा खोप ल्याउने र त्यसका लागि खरिद प्रक्रिया यथाशीघ्र टुङ्गोमा पुर्‍याउने विषयमा छलफल भएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले बताउनुभयो ।
सरकारले भारतमा निर्मित खोपलाई प्राथमिकतामा राखेको छ भने अन्य देशमा निर्मित खोपलाई पनि विकल्पमा राखेको छ । सरकारले खोप ल्याउनका लागि यसअघि नै परराष्ट्र मन्त्रालयलाई समन्वयको जिम्मेवारी दिइसकेको छ । सरकारले पहिलो चरणमा २१ लाख र दोस्रो चरणमा ३ लाख ७० हजार डोज कोरोना विरुद्धको खोप ल्याइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button