धनुषाका सबै सिमा नाका शील, सुरक्षामा कडाई

जनकपुरधाम । भारतमा कोरोनाको संक्रमण बढ्दै भएको भन्दै नेपाल–भारतको धनुषा जिल्लासँग जोडिएका सबै सिमानाका शील गरिएको छ ।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा नियन्त्रणका लागि धनुषाका सबै सीमा शील गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
धनुषासँग जोडिएका जटही, इनर्वा, खजुरीसहितका सबै नाका शील गरेर आवतजावत पूर्ण रुपमा रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकारको मन्त्रिपरिषद्को आइतबार गरेको निर्णयमा धनुषा जिल्लाका कुनै पनि नाका नखुलेको उल्लेख रहेको छ । धनुषा जिल्लाको कुनै नाका नपरेकोले जिल्लाका नाकाबाट भारततर्फ आवतजावत गर्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले आज जारी गर्नु भएको सूचनामा उल्लेख रहेको छ ।
सीमा नाका शील गरेसँगै सिमाना क्षेत्रमा भारी सङ्ख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेर निगरानी बढाउने काम भएको छ । खास गरेर खुल्ला सिमाना भएको मौका छोपी कुनै पनि व्यक्ति नेपाल प्रवेश नगरुन् भन्नका लागि उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर गस्ती बढाइएको हो ।









प्रतिक्रिया राख्नुहोस्