तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासङ्घ पाल्पाको भवनमा आइसोलेसन निर्माण हुने 

पाल्पा । पत्रकार महासङ्घ पाल्पाले आफ्नो भवनमा आइसोलेसन निर्माण गर्ने भएको छ । कोरोना जोखिम थप बढ्दै गएको र अग्रपङ्क्तिमा रही काम गर्ने पत्रकारहरू जोखिममा रहेकोले महासङ्घको तानसेन मेहल्धारा स्थित भवनमा ५ बेडको आइसोलेसन निर्माण गने जनाएको छ ।
अक्सिजन सहितको आइसोलेसन निर्माण तथा व्यवस्थापनका लागि शाखा उपाध्यक्ष भरत शर्माको संयोजकत्वमा सचिव यज्ञमूर्ति तिमिल्सिना र कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपाने सदस्य रहने गरी उपसमिति गठन गरिएको छ । आइसोलेसन व्यवस्थापन तथा सञ्चालनका लागि जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य शाखाहरूमा स्वास्थ्यकर्मी सहितको व्यवस्था गरिने निर्णय समेत भएको छ ।
महासङ्घले कोरोना जोखिम बढ्दै गइरहेकोले सुरक्षित भएर समाचार सङ्कलन तथा सम्प्रेषणमा ध्यान दिन पत्रकारहरूलाई आग्रह गरेको छ । त्यस्तै बैठकले महासङ्घका पूर्व कार्यसमिति सदस्य तथा साधारण सदस्य हरि बहादुर बिक (सुवास) का पिता लोक बहादुर बिकको दुवै मिर्गौलाले काम गर्न नसक्ने भएकोले मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्ने सचिव यज्ञमूर्ति तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button