तपाईँ सुन्दै हुनुहुन्छः

सेनाको अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई ड्युटीमा बोलाइने

काठमाडौँ । नेपाली सेनाले कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरूलाई आवश्यक परेको बेला गरी ड्युटीमा बोलाउन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ ।

नेपाली सेनाको जङ्गी अड्डामा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ सालपछि सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा बोलाउने निर्णय गरेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button