लुम्बिनी प्रदेशका तीन मन्त्रीद्वारा शपथ ग्रहण

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा मङ्गलवार थपिनुभएका तीन जना मन्त्रीले आज शपथ ग्रहण गर्नुभएको छ ।
मुख्यमन्त्री शङ्कर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तारमा थप हुनुभएका तीन जना मन्त्रीलाई प्रदेश प्रमुख धर्मनाथ यादवले आज शपथ ग्रहण गराउनुभएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोजप्रसाद श्रेष्ठ , शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तवले आज प्रदेश प्रमुख यादवसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।
अब लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । यसअघि थपिएका मन्त्री मध्ये हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी , भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डे , भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादव र भौतिक पूर्वाधार विकास राज्य मन्त्री सुमन शर्मा रायमाझी यथावत् रहनुभएको छ।








प्रतिक्रिया राख्नुहोस्