तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश प्रमुख पौडेलद्वारा पदभार ग्रहण

पोखरा । नवनियुक्त गण्डकी प्रदेश प्रमुख सीता पौडेलले आज पदभार ग्रहण गर्नुभएको छ ।
सोमबार प्रदेश प्रमुखमा नियुक्त हुनुभएका पौडेलले सोही दिन साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नुभएको थियो ।
नेपाल सरकारले सोमबार गण्डकी प्रदेश प्रमुखबाट अमिक शेरचनलाई हटाएर पौडेललाई नियुक्त गरेको थियो ।
पदभार ग्रहणपछि प्रदेश प्रमुख पौडेलले संविधानको परिधिभित्र बसेर हरेक काम गर्ने आफ्नो मुख्य जिम्मेवारी रहने बताउनुभयो ।
उहाँले प्रदेश सरकारले ल्याएका विधेयक, ऐनहरु प्रमाणीकरणका साथै संसद् बोलाउने, बजेट प्रस्तुत गर्ने, नीति कार्यक्रम बनाउने कामलाई पनि महत्त्वका साथ हेर्ने बताउनुभयो ।
सबै दलहरूलाई मिलाएर लैजाने, अवरुद्ध संसदलाई निकास दिन पहल गर्ने आफ्नो महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button