तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

सप्तरी । सप्तरीका आज थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका–४ का ३७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पतालमा सञ्चालनमा रहेको कोभिड –१९ अस्पतालमा विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

बिरामी परेपछि उनलाई उपचारको लागि अस्पतलामा भर्ना गरिएको थियो । उपचारको क्रममा कोरोना परीक्षण गर्दा उनमा मंगलबार संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले बताउनुभयो ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button