कालोबजारी विरुद्ध खबरदारी

बाँके । निषेधाज्ञाको मौका छोपेर औषधि र अत्यावश्यक बस्तुहरूको मूल्यवृद्धि, भ्रष्टाचार, कालोबजारी र विकृति विसङ्गतिहरू बढ्दै गएको भन्दै एमाले निकट अनेरास्वावियु र युवासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
अनेरास्ववियु बाँके र राष्ट्रिय युवा सङ्घ नेपाल बाँकेले संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा हाल बजारमा भइरहेको अत्यावश्यक बस्तुहरूको कालोबजारी र विकृति, विसङ्गतिहरूका नियन्त्रणका लागि ध्यानाकर्षण पत्र बुझाइएको हो । निषेधाज्ञाको बहानामा कालोबजारी गर्नेहरू मौलाउन थालेपछि आफूहरूले चेतावनी दिनको लागि यो कदम उठाएको युवा संघका अध्यक्ष तिलकबिर सुनारले बताउनुभयो ।
राष्ट्रिय युवा सङ्घ बाँकेका अध्यक्ष तिलक वीर सुनार, अनेरास्ववियु बाँकेका अध्यक्ष दिनेश केसी, अनेरास्ववियु बाँकेका सचिव प्रकाश बिक महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष माधव खत्रीको उपस्थितमा ध्यानाकर्षण पत्र बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीलाई बुझाउनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्