तपाईँ सुन्दै हुनुहुन्छः

घट्याे सुनकाे मूल्य

काठमाडौं । पहेलाे धातु सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ ।

मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।

यस्तै, चाँदीको प्रतितोल मूल्‍यमा पनि पाँच रुपैयाँले घटेकाे छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य बुधबार एक हजार तीन सय २० रुपैयाँ कायम भएकाे महासंघकाे भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button